Rule 23
मालवस्तु फिर्ता पठाउन सकिने
(१) ऐनको दफा ३० को उपदफा (४) बमोजिम मालवस्तु फिर्ता पठाउनु पर्ने भएमा त्यस्तो मालवस्तु पैठारी गर्ने व्यक्तिले मालवस्तुको बीजक, प्रतीतपत्र खोली पैठारी भएको भए प्रतीतपत्र, बिल अफ लेडिङ वा एअर वे बिल र प्याकिङ लिष्टको प्रतिलिपि संलग्न गरी भन्सार अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । मालवस्तुको प्रकृति अनुसार अन्य कागजात आवश्यक पर्ने देखेमा भन्सार अधिकृतले पैठारीसँग सम्बन्धित अन्य कागजात समेत पैठारीकर्तालाई पेश गर्न लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले सो सम्बन्धमा सम्पूर्ण व्यहोरा र आफ्नो रायसमेत उल्लेख गरी महानिर्देशक समक्ष लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखिआएको विषयका सम्बन्धमा महानिर्देशकले जाँचबुझ गर्दा त्यस्तो मालवस्तु फिर्ता लैजान दिने मनासिव देखेमा फिर्ता लैजान आदेश दिन गरी भन्सार अधिकृतलाई अनुमति दिन सक्नेछ । यस्तो अनुमति प्राप्त भएपछि भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई त्यस्तो मालवस्तु तीस दिनभित्र विदेशस्थित निकासीकर्तालाई फिर्ता पठाउन आदेश दिनेछ ।
(४) उपनियम (३) बमोजिम अनुमति दिंदा त्यस्तो मालवस्तु पैठारी गर्दा भुक्तानी गरेको विदेशी मुद्रा फिर्ता ल्याउने गरी भन्सार अधिकृतले मनासिव अवधि तोकी सम्बन्धित पैठारीकर्तालाई कबुलियत गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र विदेशी मुद्रा फिर्ता ल्याएको प्रमाण सम्बन्धित भन्सार कार्यालयमा पेश नगरेमा त्यस्तो पैठारीकर्तालाई विदेशी मुद्रा अपचलनमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि भन्सार कार्यालयले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।